पाँच दिनसम्म विद्युत सेवा अनियमित हुने ।

0

चैत २२-सुर्खेत।सुर्खेत सहित विभिन्न क्षेत्रमा पाँच दिनसम्म विद्युत सेवा अनियमित हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।कोहलपुरमा सब स्टेशनको क्षमता बढाउने काम भर्इकाले चैत २१ गते देखि आउँदो २६ गतेसम्म  विद्युत अवरोध हुने केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ।केन्द्रले पाँच दिनसम्म जुनसुकै बेला पनि आशिंक वा पूर्ण रुपमा विद्युत सेवा बन्द हुन सक्ने जनाएको छ । यस्तै नेपालगन्जमा पाँच दिन विद्युत प्रसारण अनियमित हुने नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । केन्द्रले खजुरा, बसपार्क, फुल्टेक्रा, घरबारीटोल, एयरपोर्ट, बीपी र त्रिभुवन चौकदेखि उत्तर र पुरैनी देखि पूर्व विद्युत अनियमित हुने जनाएको छ ।दैनिक ६ घन्टासम्म विद्युत अनियमित हुने केन्द्रको भनार्इ छ।

Share.

About Author

Leave A Reply