पाँच लाख पर्यटक भित्राउने लक्ष्य सहित रारा कणाली पर्यटन वर्ष सुरु।

0

वैशाख–२सुर्खेत।प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बृद्धि र प्रगतिको सपना देख्न आवश्यक रहेको बताउनु भएको छ।रारा तालबाट देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका योजना कतिपयलाई अपत्यारिलो जस्तो लागे पनि सपना र उच्च आकांक्षा नभई विकास सम्भव नभएको बताउनुभयो। देश अब उन्नतिको लक्ष्यसहित नयाँ बाटोमा अघि बढेकाले सबै क्षेत्रबीच सहकार्य र हातेमालो आवश्यक पर्ने उहाँको भनार्इ छ।प्रधानमन्त्री वलीले कृषिमा निर्भर दुई तिहाइ जनसंख्यालाई पाँच वर्षभित्र २५ प्रतिशतमा सिमित गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो।प्रदेशलाई सक्षम सुदृढ र आत्मनिर्भर बनाउन संघ प्रदेश र स्थानीय तहबीच समन्यव गरिने र नागरिकको भूमिका प्रभावकारी बनाउँदै राज्य यथार्थमै नागरिक प्रति उत्तरदायी सञ्चालित गराउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ।उहाँले कर्णाली प्रदेशले पर्यटन वर्षको शुभारम्भ गरेसंगै कर्णली प्रदेशको मात्र नभई देशकै विकास र समृद्धिको मुख्य आधार तय हुने बिश्वास व्यक्त गर्नुभयो।देश विकासको यो यात्रामा साथ दिन र सहकार्य गर्न उहाँले विपक्षी दललाई पनि आग्रह गर्नुभयो।प्रधानमन्त्री ओलीले कर्णाली लगायतका दुर्गमक्षेत्र जनतालाई विकासको औसत राष्ट्रिय स्तरसम्म पुर्‍याउन राज्यबाट विशेष कार्यक्रम लागू गरिने भन्दै गरिबी, अभाव र अविकासको समस्यालाई सम्बोधन गरिने बताउनुभयो ।लोकतन्त्रप्रति विश्वास जगाउन हदैसम्मको प्रयास गर्ने, स्वतन्त्र न्यायपालिकामा जोड दिने, भ्रष्टाचार उन्मुलनको अभियान चलाउने र त्यसको अगुवाई आफूले गर्ने उहाँको भनार्इ छ।

Share.

About Author

Leave A Reply