पार्टी एकता र सरकार गठन संगसंगै अघि बढ्ने माओवादी केन्द्रको भनार्इ ।

0

पुष–४।नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा गठनसम्वन्धी विवाद समाधान राजनीतिक सहमतिबाट खोज्नु पर्ने निष्कर्ष निकालेको छ।चुनावपछि पहिलो पटक बसेको कार्यालय बैठकले राष्ट्रिय सभा गठनसम्वन्धी विवाद राजनीतिक विषय भएको भन्दै सहमतिका आधारमा निकास खोज्नु पर्ने निष्कर्ष निकालेको हो।बैठकपछि प्रवक्ता पम्फा भुसालले यसबारे प्रमुख दलका शीर्ष नेताहरु बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेको बताउनु भयो।बैठकले बाम गठबन्धन बनाएर चुनावमा होमिदा परिणाम सकारात्मक आएको भन्दै पार्टी सरकार गठनकालागि एमालेसंग छलफललाई तिब्रता दिने निर्णय पनि गरेको छ ।प्रवक्ता भुसालले पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्ने भन्दै अब पार्टी एकता अब कसैले रोक्न चाहेपनि नरोकिने दाबी गर्नुभयो।

Share.

About Author

Leave A Reply