पार्टी नेतृत्वले बिधि र बिधान मिचेर अघि बढेको कांग्रेस नेता सिंहको आरोप।

0

सुर्खेत भदाै २५, १०५ औ विपी जयन्ती सुर्खेत सहित देशभर आज नेपाली काँग्रेसले विभिन्न कार्यक्रम गरी मनार्इएको छ।

विपी जयन्तीको अवसरमा नेपाली काँग्रेस सुर्खेत बुलबुले उधान सुर्खेतमा बृक्षारोपन कार्यक्रम गरेको छ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सुर्खेतको पर्यटकीय स्थल बुलबुलेमा पुगेर बृक्षारोपन गर्नुभएको हो।

कार्यक्रमा पुर्वमहामन्त्री समेत रहनु भएका सिहँले पार्टी नेतृत्वले विधि र विधानमा मिचेर अगाडी बढेको बताउनुभयो।

उहाँले अहिले काँग्रेस लथालिङग अबस्था पुगेको भन्दै अब यसलार्इ जोगाउनको लागी सबै एक ढिक्का भएर लाग्नु पर्ने समय आएको बताउनुभयो।

उहाँले जनताको म्यान्डेटलाई ध्यानमा दिएर नेतृत्व चल्नुको विकल्प नभएको भन्दै अब आफुहरु चुप लागेर नबस्ने बताउनुभयो।

उहाँले पाटीलार्इ सबैको लोकप्रिय पाटीको रुपमा स्थापित गर्नको लागी संस्थागत रुपमा विधि र नियमले अगाडी बढन तर्फ लाग्ने पुर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले पाटी नेतृत्वका कारण काँग्रेसले पराजय व्यहोरेको भन्दै नेतृत्वले गल्ती स्वीकार गर्न सक्नु पर्ने बताउनुभयो ।

पाटी नेतृत्वको चर्को आलोचना गर्दै थानीले सुर्खेतमा काँग्रेसको राजनीति कमजोर नभएको दाबी गर्नुभयो।

कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीले काँग्रेसले गरेका कामहरु जनता सामु लिन कार्यक्रतालार्इ आग्रह गर्नुभयो।

उहाँले काँग्रेसले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न नसक्दा कम्निष्टहरुले त्यसको फार्इदा लिएको बताउनुभयो।

कार्यक्रममा पुर्व राज्यमन्त्री खड्क बस्याल,जाजरकोटका जिल्ला सभापती दिपजंग शाह लागायत नेपाली काँग्रेसका नेता तथा कार्यक्रताको सहभागीता थियो।

Share.

About Author

Leave A Reply