पीपीएलको दोस्रो संस्करण कात्तिक २६ गतदेखि मंसिर ७ गतेसम्म हुने ।

0

असोज ७-सुर्खेत।पोखरा प्रिमियर लिग पीपीएलको दोस्रो संस्करण आउँदो कात्तिक २६ गतदेखि मंसिर ७ गतेसम्म पोखरामा हुने भएको छ ।

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ शहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता रहने छ ।

प्रतियोगितामा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, काठमाण्डौ रोयल्स र धनगढी ब्लूजबिच प्रतिस्पर्धा हुने आयोजकले बताएका छन ।

प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुका साथै केही चर्चित विदेशी खेलाडी समेत आबद्ध हुनेछन् ।

गतवर्ष घरेलु टोली पोखरा पल्टन च्याम्पियन भएको थियो ।

Share.

About Author

Leave A Reply