पीपीएल क्रिकेटमा काठमाडौंको लगातार दोस्रो जित।

0

कात्तिक१३। सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा काठमाडौं रोयल्सले लगातार दोस्रो जित हात पारेको छ।काठमाडौंले विराटनगर टाइटन्सलार्इ ५ विकेटले हराउँदै दुर्इ खेलबाट ४ अंक जोडेको छ ।चर्चित युवा बलर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर भने लगातार तीन हारसंगै उपाधि होडबाट लगभग बाहिरिएको छ।गौरव तमोरको सार्वाधिक ६६ रनको अर्धशतकिय पारीसंगै काठमाडौंले १५१ रनको लक्ष्य चार बल बाँकी छदाँ पाँच विकेट गुमाएर पुरा गरेको हो।यस्तै अमित श्रेष्ठले ३५ र कप्तान ज्ञानेन्द्र मल्लले १७ रन जोड्नु भयो।पहिले ब्याटिङ गर्दै विराटनगरले सात विकेट गुमाएर एकसय ४९ रन बनाएको हो।विराटनगरकालागि मुहम्मद जैद आलमले आक्रामक ब्याटिङ गर्दै ४७ बलमा ४ छक्का र सात चौकाको मद्दतले  ६७ रन तथा  ओपनर सुनील धमला र राजेश पुलामी मगरले समान ३० रन बनाएपनि अरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।काठमाडौंकालागि सुशन भारी, गौरब तोमर र बसन्त रेग्मीले समान २-२ समान विकेट लिनुभयो।यस्तै अर्को खेलमा घरेलु टोली पोखरा पल्टनले चितवनलाई पाँच विकेटले नै पराजित गरेको छ ।१ सय ४१ रनको लक्ष्य पोखराले १६ बल बाँकी छदाँ पाँच विकेट गुमाएर पुरा गरेको हो।घरेलु टोलीकालागि भारतिय खेलाडी रबि इन्द्र सिंहले ६५ रनको अर्धशतकिय पारी खेल्दा कप्तान शरद भेषवाकरले ३७ र रोहित कुमारले १७ रन बनाउनु भयो।चितवनका करन केसीले तीन विकेट लिएपनि टोलीको हार टार्न सक्नु भएन । पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन जोडेको हो।चितवनकालागि सुन्नी पटेलले अविजित ४६ रन बनाउदाँ कप्तान पारस खड्काले ४४ रन जोड्नु भयो ।यो जितसंगै पोखराले तीन खेलबाट दुर्इ जित र एक हार सहित ४ अंक जोडेको छ भने दुर्इ खेल खेलेको चितवन अंकबिहिन छ ।

Share.

About Author

Leave A Reply