पीपीएल क्रिकेटमा चितवनको पहिलो जितः बिराटनगरले पनि खाता खोल्यो।

0

कात्तिक१५ ।राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन रार्इनोजले सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटमा पहिलो जित हात पारेको छ।चितवनले एक्स्पर्ट धनगढी ब्लूजलाई १ सय २६ रनको फराकिलो अन्तरले हराउँदै तीन खेलमा पहिलो जित दर्ता गरेको हो।१ सय ९४ रनको बिशाल लक्ष्य पाएको धनगढीले १७ औं ओभरमा ६७ रन मात्रै बनाउँदा सबै विकेट गुमाउन पुग्यो।धनगढीकाकालागि बेलायती ब्याट्सम्यान पिटर डेभिड ट्रेगोले २७ रन जाड्दा योगेन्द्र सिंह कार्कीले १७ रनको बनाउनु भयो ।चितवनकालागि भारतिय बलर सन्नी पटेलले सर्वाधिक ४ विकेट तथा भुवन कार्की र स्मीथ पटेलले समान दुर्इ दुर्इ विकेट हात पार्नुभयो ।टस हारेर पहिले ब्याटिङ गरेको चितवनले युवा खेलाडी हरिशंकर साहको  ५३ रनको अर्धशतकिय पारि संगै  २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाएको हो।यस्तै  अनिल कुमार शाहले ३७, सन्नी पट्टेलले अविजित २५, समित पट्टेलले २४ र कप्तान पारस खड्काले १९ रन बनाउनु भयो।यस्तै, लगातार तीन खेल हारेको विराटनगर टाईटन्सले पहिलो जित हात पार्दै अंक तालिकामा खाता खोलेको छ ।बिराटनगरले बुटवल ब्लास्टर्सलार्इ १२ रनले हराउँदै चार खेलबाट दुर्इ अंक हात पारेको हो।१४१ रनको लक्ष्य पाएको बुटबल भिम सार्कीको अर्धशतकिय पारिसंगै निर्धारित २० ‌ओभरमा ८ विकेट गुमाएर १२८ रन मात्र बनाएपछि तीन खेलमा पहिलो हार भोगेको छ।बिराटनगरकालागि कप्तान सन्दीप लामिछाने र किशोर महतोले समान दुर्इ दुर्इ विकेट हात पार्नुभयो ।पहिला ब्याटिङ गरेको बिराटनगरले पाकिस्तानी खेलाडी महोम्मद जायद आलमको सर्वाधिक ७२ र प्रदिप ऐरीको ४२ रनसंगै सात विकेटको क्षतिमा १४० रन बनाएको हो।बुटबलका ललित भन्डारीले सर्वाधिक दुर्इ विकेट हात पार्नुभयो ।सोमपाल कामी कप्तानीमा रहेको बुटवल भने दुर्इ खेलबाट शतप्रतिशत नतिजा निकाल्दै शीर्ष स्थानमा छ ।

Share.

About Author

Leave A Reply