पुर्व उपसभामुख तुम्बाहाङ्फे कानून मन्त्रीमा नियुक्त।

0

फागुन-६ सुर्खेत।डा.शिवमाया तुम्वाहाङ्फेले कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिनुभएको हो।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो।

यसअघि यो मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनुभएको थियो।

डा. तुम्वाहाङ्फे यसअघि उपसभामुख हुनुहन्थ्यो।

सभामुखको निर्वाचनका लागि मार्गप्रशस्त गर्ने क्रममा उहाँले गत माघ ६ गते उपसभामुखबाट राजीनामा दिनुभएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ साल फागुन ३ गते गठन भएको मन्त्रिपरिषद्को यो आठौँ हेराफेरी एवं पुनःगठन हो ।

Share.

About Author

Leave A Reply