पूँजीगततर्फ सवा एक करोड भन्दा पनि कम खर्च।

0

वैशाख-२५सुर्खेत।पाँच नम्बर प्रदेशसभाले सवा एकवर्षमा पूँजीगततर्फ सवा एक करोड रुपैयाँ भन्दा पनि कम खर्च भएको जनाएको छ ।प्रदेशको तेस्रो अधिवेशन सकिँदासम्म चालूतर्फ नौ करोड ८८ लाख १५ हजार र पुँजिगततर्फ एक करोड १३ लाख ७६ हजार खर्च भएको संसद् सचिवालयले जनाएको छ।सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाको तेस्रो अधिवेशन सकिँदासम्म ४० विधेयक दर्ता भएकामा ३८ विधेयक पास भएको बताउनु भयो ।अब साझा सूचीका कानून मात्रै बन्न बाँकी रहेको भन्दै उहाँले  सङ्घीय संसदले बनाएपछि यी कानून बन्ने बताउनु भएको छ ।गतवर्षको माघ २१ गतेदेखि पहिलो अधिवेशन सुरु गरेको पाँच नम्बर प्रदेशसभाको तेस्रो अधिवेशन  गत २२ गते सम्पन्न भएको छ ।

 

 

Share.

About Author

Leave A Reply