पूर्वसांसद शाहद्धारा कर्णालीलाई एक करोडको स्वास्थ्य सामग्री।

0

जेठ ९ सुर्खेत,जाजरकोटका पुर्व सांसद राजिवविक्रम शाहले कोरोना भाईरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका कर्णाली प्रदेशका अस्पतालहरुलाई एक करोडको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ।

शाहले स्वर्गीय प्रभाकर शमशेरकी छोरी माया राणाको सहयोगमा कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेश अस्पतालहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो।

नेपाली कांग्रेसका नेता एवं समाजसेवी शाहले प्रदेश अस्पताल सुर्खेतमा ५ वटा आइसियु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिटरलगाएतका ८० लाख बराबरको स्वास्थ्य सामग्री दिनुभएको छ।

शाहले कर्णाली प्रदेशका अन्य दश जिल्ला अस्पतालमा ३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो।

कुमारी ट्रष्टका अध्यक्ष समेत रहनुभएका शाहले कर्णालीमा कसरी स्वास्थ्य सेवाका पहुँच बृद्धि गर्ने सोचेर सहयोग गरेका बताउनुभयो।

उहाँले कर्णालीमा रोगसँग लड्न निकै चुनौती रहेको भन्दै भौभलिक विकटता संगै यसक्षेत्रको स्वास्थ्य पूर्वाधार र जनशक्ति अवस्था नाजुक रहेको बताउनुभयो।

कोरोना बिरुद्ध लड्नका लागि सानो भएपनि कर्णालीका अस्पताललाई सहयोग गरेको शाशको भनार्इ छ।

महामारी एक्लै सरकारले एक्लै मात्र लड्न नसक्नेभन्दै सबै मिलेर चुनौतीको सामना गर्नुपर्ने समय आएको बताउनुभयो।

कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा चुनौतीका रुपमा भारतबाट आएका नागरिक रहेको भन्दै यसलार्इ समधान गरेर छोड्ने प्रतिबद्धता जनाउनुभयो।

मुख्यमन्त्री शाहीले भारतमा कर्णालीका ८० हजार नागरिक रहेको भन्दै त्यसमध्ये तत्काल २० हजार नागरिक कर्णालीमा आउन खोजिरहेको भन्दै त्यसको व्यवस्थापनमा सरकार लागी रहेको उल्लेख गर्नुभयो ।’

Share.

About Author

Leave A Reply