पूर्वी क्षेत्रीय च्याम्पियनसिप क्रिकेटको खेल तालिका परिवर्तन।

0

असार-१५ सर्खेत।१९ वर्ष मुनिको पूर्वी क्षेत्रीय च्याम्पियनसिप क्रिकेटको खेल तालिका परिवर्तन भएको छ ।

म्यानमारले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएपछि पुरै खेलतालिका परिवर्तन भएको हो ।

म्यानमारले आन्तरिक कारण देखाउदै अन्तिमसम्म एसीसीमा खेलाडीको नाम नबुझाएपछि प्रतियोगितामा सहभागिता जनाउने टिम पनि सात वटामात्र हुने भएका हुन् ।

यसअघि नेपालले जुलाई दुई तारिखमा म्यानमारसँग खेल्ने तालिका भएपनि अब तीन तारिखमा चीनविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।

यस्तै दोस्रो खेल ५ तारिखमा सिंगापुरसँग खेल्नेछ भने नेपालले एक खेलमात्र जिते पनि सेमिफाइनलमा पुग्नेछ ।

 

 

Share.

About Author

Leave A Reply