पेट्रोलियम पदार्थको मूल्यमा समायोजन ।

0

साउन २२ सुर्खेत,नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ।

निगमले पेट्रोलमा प्रतिलिटर एक र डिजेल-मट्टितेलमा ५० पैसा मूल्य वृद्धि गरेको छ।

एलपी ग्यासमा भने प्रतिसिलिण्डर २५ घटाई मूल्य समायोजन गरिएको छ।

अव पेट्रोल १०९ प्रतिलिटर र डिजेल र मट्टितेलमा ९७ प्रतिलिटर नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको छ।

एलपी ग्यासको खुद्रा बिक्री एक हजार ३७५ प्रतिसिलिण्डर कायम गरिएको छ।

हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ।

निगमले आर्थिक वर्ष २०७५÷७६ मा एलपी ग्यासमा करीब छ अर्ब नोक्सानी ब्यहोरेको थियो।

Share.

About Author

Leave A Reply