पोखरालार्इ हराउदै एपिएफ खप्तड गोल्डकप फुटबलको अन्तिम आठमा स्थान बनाउन सफल।

0

पुष–२३धनगढी।शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ।कैलालीको धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले हराउँदै एपिएफ अन्तिम आठमा पुगेको हो।निर्धातिर समयमा दुवै टीमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो।पेनाल्टीमा सहाराका सुशन गुरुङ, विजय श्रेष्ठ, मान बहादुर तामाङ र फूर्वा लामाले गोल गरे पनि लक्ष्मण जिसीको प्रहार भने एपिएफका गोलकिपरले रोक्न सफल हुनुभयो।एपिएफ लागि अञ्जन विष्ट, सुदिप शिखरकार, आदित्य चौधरी, राजु नगरकोटी रञ्जन विष्टले गोल गर्नुभएको हो।प्रतियोगितामा आज धरान फुटवल क्लव र संकटा क्लवविच खेल हुनेछ।काठमाडौं बाहिरकै सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछ।

Share.

About Author

Leave A Reply