पोखरा प्रिमियर लिग क्रिकेटको पहिलो खेलमा आज पोखरा र विराटनगर भिड्दै।

0

कात्तिक ९ सुर्खेत । आज बाट पोखरामा सुरु हुने पोखरा प्रिमियर लिग पीपीएल नेपालको सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ ।यो प्रतियोगिता उपाधि विजेताले २७ लाख र उपविजेले १०लाख रुपैयाँ पाउने भएका छन । गत चैतमा धनगढी सम्पन्न धनगढी प्रिमियर लिग डीपीएलको विजेतालाई २५ र उपविजेतालाई १० लाख प्रदान गरिएको थियो।यस्तै एभरेस्ट प्रिमियर लिगको गत संस्करणको विजेताले २१ र उपविजेताले ८ लाख पाएका थिए ।पीपीएलका प्रबन्ध निर्देशक छुम्बी लामाले उत्कृष्ट ब्याट्सम्यान र बलर तथा सर्वोत्कृष्ट खेलाडीले सुजुकी जिक्सर मोटरसाइकल पाउने बताउनु भयो ।पोखरा क्रिकेट मंदानमा भोलि हुने उद्घाटन खेलमा भरद भेषावकर नेतृत्वको पोखरा पल्टन र सन्दीप लामिछानेको विराटनगर टाइटेन्स भिड्नेछन् ।६ टोली सहभागि रहेको प्रतियोगितामा काठमाडौं किङ्ग्स, चितवन राइनोज्, बुटवल ब्लास्टर, र धनगढी  पनि रहेका छन ।पीपीएल क्रिकेटको ट्रफी आज सार्वजनिक गरिएको छ ।

 

 

Share.

About Author

Leave A Reply