प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये एक स्थानको मात्रै नतिजा आउन बाँकी।

0

मंसीर–२७।प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अब एक स्थानको मात्रै नतिजा आउन बाँकी रहेको छ।नतिजा आउन बाँकी सुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिनुभएको छ।उहाँले ३६ हजार ०८० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी भगवती चौधरीले ३५५६१ मत प्राप्त गर्नुभएको छ।अब ६ हजार ६४३ मत गणना हुन बाँकी रहेको छ।

Share.

About Author

Leave A Reply