प्रतिनिधिसभाको सभामुखमा सापकोटा निर्वीरोध चयन हुने पक्का।

0

माघ-८ ।

प्रतिनिधिसभाको सभामुखमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद अग्निप्रसाद सापकोटा निर्वीरोध चयन हुने पक्का भएको छ।

संघीय संसद सचिवालयले सभामुखकालागि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न तोकेको समयभित्र सापकोटाको मात्र उम्मेदवारी परेको हो।

सांसद सापकोटाले संसद सचिवालयले तोकेको समयभित्र आज संघीय संसद भवन नयाँबानेश्वरमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उम्मेदवारी दर्तापछि सापकोटाले प्रतिनिधिसभाको गरिमा र मर्यादा उच्च राख्न  प्रयास गर्ने प्रतिक्रिया दिनुभएको छ ।

एकजनाको मात्रै उम्मेदवारी मतदानबाहेक निर्वाचनको अरु प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सभामुख चयनको औपचारिक घोषणा भने यही माघ १२ गते दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकले गर्नेछ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन हिंसाको आरोपमा असोज १४ गते पक्राउ परेपछि सभामुखको  चुनाव हुन लागेको हो ।

Share.

About Author

Leave A Reply