प्रतिनिधिसभा मातहतका १० विषयगत समिति गठन ।

0

साउन १८ ।प्रतिनिधिसभा मातहतका १० विषयगत समिति गठन गरिएको छ।प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको विषयगत समितिमा रहने सदस्यको नाम बहुमतबाट अनुमोदन भएको हो । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधकाबीच सभामुख महराले सभामा विभिन्न समितिमा रहने सांसदको नाम सुनाउनु भएको हो । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति गठन गरिएको छ ।यस्तै महिला तथा सामाजिक  समिति, राज्यव्यवस्था समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति आज गठन गरिएको हो ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले आज प्रतिनिधि सभा बैठक बहिस्कार गरेका छन।कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिएपछि सभामुखले आफूहरुलार्इ  प्रश्न सोध्न नदिएको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन।

Share.

About Author

Leave A Reply