प्रतिनिधि सभा बैठक असार ३० गते बस्ने गरी सर्याे।

0

असार-२६ सर्खेत।प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको बिरोधका कारण प्रतिनिधि सभा बैठक असार ३० गते बस्ने गरी सकिएको छ । प्रतिपक्षीको अवरोधका बीच १० मिनेट चलेर  सकिएको बैठकमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट पारित अर्थ सम्बन्धी चार विधेयक जानकारी दिनुभएको छ ।योगीले चार विधेयक पढेर पारित भएको सुनाएपछि सत्तापक्षका सांसदहरुले ताली बजाएर समर्थन गरेपछि सभामुख कृष्णबहादुर महराले अर्को बैठक ३० गते दिउँसो १ बजे बस्ने गरी सकिएको बताउनु भयो ।

 

नेत्रविक्रम चन्द समूहका नेता कुमार पौडेल र सर्लाहीको सडक प्रदर्शनमा सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिनको माग गर्दै कांग्रेस र राजपाले नाराबाजी गरेका हुन।बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता गगन थापाले संसदीय छानबिन समिति गठन नभएसम्म बैठक अघि बढ्न नदिने बताउनु भयो ।उहाँले सदनलार्इ पनि सरकारको छायामा राख्न खोजिएको आरोप समे लगाउनु भएको छ ।

 

Share.

About Author

Leave A Reply