प्रदेशसभा र प्रतिनिधिसभा चुनावकालागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह ।

0

साउन १५ सुर्खेत- निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा चुनावकालागि ३० दिनभित्र दल दर्ता गर्न आह्वान गरेको छ।
आयोगले सूचना निकालेर भदौ ११ गतेसम्ममा दल दर्ता गराउन राजनीतिक दललाई आह्वान गरेको हो।
संविधानको धारा २७१ अनुसार राजनीतिक दलको रूपमा चुनावकालागि मान्यता प्राप्त गर्न दर्ता गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।
आउँदो माघ ७ गतेभित्र हुने भनिएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा भाग लिन चाहने राजनीतिक दलले आयोगमा फेरि दल दर्ता गराउनुपर्ने भएको हो।
दल दर्ताकालागि निवेदन दिँदा दलहरूले आर्थिक वर्ष २०७३/०७४ को आर्थिक आयव्ययको लेखा परीक्षण प्रतिवेदनसमेत संलग्न गर्नुपर्ने आयोगले जनाएको छ ।
यसैगरी चुनावमा कुन कुन जिल्लामा भाग लिने भन्ने पनि खुलाउनुपर्नेछ भने दलहरूले दलको झण्डा र चुनाव चिन्हसमेत माग गरेर निवेदन दर्ता गर्नुपर्नेछ ।
संविधानले राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने, राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक दलका संघीय र प्रदेश तहका हरेक पदाधिकारीको चुनाव हुने व्यवस्था हुनुपर्ने व्यवस्था गरेको छ ।

Share.

About Author

Leave A Reply