प्रदेश अस्पतालाइ व्यवस्थित गर्ने नवयुक्त राज्यमन्त्री रावतको भनाइ।

0

मंसिर ८ सुर्खेत, नवयुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णाली प्रदेशमा रहेको प्रदेश अस्पतालार्इ व्यवस्थित अस्पतालको रुपमा विकास गरिने बताउनुभएको छ।

सुर्खेत विमानस्थलमा पत्रकारसंग कुराकानी गर्दै मन्त्री रावतले प्रदेस अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्न सके सम्रग कर्णालीवासीलार्इ फार्इदा हुने भन्दै यसकालागी आफुले पहल थाल्ने बताउनुभयो।

मन्त्री रावतले आफुहरुले पदभारग्रहण गरे लग्तै पहिलो निर्णय नै प्रदेश अस्पतालमा चिकित्सक पठाउने निर्णय गरेको बताउनुभयो।

उहाँले संसदमा आफुले सुर्खेत र समग्र कर्णालीकै हितका विषयमा धेरै आवाज उठाएको भन्दै अव कर्णालीको स्वास्थ्यमा आफुले ठुलो योगदान गर्ने जिकिर गर्नुभयो।

मन्त्री रावतले कर्णालीका धेरै जसो स्वास्थ्य संस्थामा अहिले पनि सिटामोल समेत नपाउने अवस्था रहेको भन्दै अव प्रदेश र स्थानिय सरकारसंग सहकार्य गरेर काम थाल्ने बताउनुभयो।

मन्त्री रावलले सुर्खेत-कोहलपुर १३२ केभिए विधुत प्रशारण लार्इनको टेन्डर आब्हान भर्इसेको भन्दै अव वनमन्त्रालयमा केही काम हुन बाँकी रहेको भन्दै छिटै काम शुरु हुने बताउनुभयो।

उहाँले कोहलपुर सुर्खेत सडक चार लेन बनाउने काम पनि छिटै शुरुहुने भन्दै विकास निर्माणले अव गति लिने बताउनुभयो।

Share.

About Author

Leave A Reply