प्रदेश अस्पताल सुर्खेतमा सुसार कार्यक्रम संचालन ।

0

भदौ -२७ सुर्खेत।मातृ शिशु मृत्यु रोक्न भन्दै प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक सुसार कार्यक्रम लागू भएको छ ।

अस्पतालले पत्रकार सम्मेलन गरी उच्च शिशु मृत्युदरलाई ध्यानमा राख्दै गोल्डेन कम्युनिटी नामक संस्थाको सहयोगमा सुसार कार्यक्रम लागु गरिएको जनाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्मर खड्काले संस्थाले नबजात शिशु जन्मदा मुटुको धड्कन जाँच गर्ने आधुनिक उपकरण दिएको जानकारी दिनुभयो।

कर्णालीमा मातृ शिशु मृत्यु दर २९ प्रतिशत रहेको प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा नवराज केसीले जानकारी दिनुभयो ।

गत महिना मात्रै ६ सय जना नवजात शिशु जन्मेकोमा १५ शिुशुको मृत्यु भएको भन्दै  डा. केसीले १० नवजात शिशु आमाको पटेमै मृत्यु भएको बताउनु भएको छ ।

नवजात शिशु मृत्युदरको मुख्य कारण नै बाल विवाह रहेको पाईएको भन्दै डा.केसीले १५÷१६ वर्षकै उमेरमा बच्चा जन्माउनाले आमा र बच्चा दुवैको ज्यान जोखीममा पर्ने गरेको बताउनु भयो ।

उहाँले शिशु जन्मनासाथ उचित स्याहार सुसार नपाउदा जन्मेको २÷३ घण्टामै  पनि ज्यान जाने गरेको बताउनु भयो ।

गोल्डेन कम्युनिटिका सृजना शर्माले उपलव्ध सेवा प्रदान गर्न सवै वार्डका कर्मचारीहरुलाई तालीम दिईएको बताउनु भएको छ ।

नेपालका विभिन्न ८ ओटा सरकारी अस्पतालहरुमा सुसार कार्यक्रम लागु गरिएको छ ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्याम कँडेलले अस्पतालले आफ्नो सेवाललार्इ थप प्रभावकारी बनाउने प्रयास गरिरहेको बताउनु भयो ।

अहिले नेपालमा नवजात शिशु मृत्युदर २१ प्रति हजार रहेको छ भने, सन् २०३५ सम्ममा ११ मा झार्ने लक्ष्य सरकारो छ ।

Share.

About Author

Leave A Reply