प्रदेश नंम्बर ६ को वातावरण अनुकुल शिक्षा नीति बनाउँन सुझाव

0

सुर्खेत, पुस १२ – भुगोल अनुसारको पाठ्यक्रम र शिक्षा नीति निमार्ण गर्न सरोकारवालले सरकारको ध्यानाकर्षण गराएका छन।शिक्षा मन्त्रालय,प्राबिधिक तथा व्यवसायिक शिक्षा परिषदले सुर्खेतको वीरेन्द्रनगरमा गरेको अन्र्तक्रियामा सहभागीहरुले प्रदेश नंम्बर ६ को सम्बृद्धिकालागी यहाँको जल,जमिन,जडीबुटीलाई शिक्षा नीती अनुरुप पाठ्यक्रममा समेटनुपर्ने माग गरेका छन ।उनीहरूले प्राविधिधिक तथा अप्राबिधिक शिक्षाको पाठ्यक्रम र शिक्षा नीतिलाई समय सापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन ।उत्पादनमूलक,योग्य,प्रतिस्प्रर्धि र राष्ट्रिय–अन्र्तारष्ट्रिय बजारमा काम पाउँन सक्ने ग्यारेन्टि सहितको शिक्षा प्रदान गरेमा युवाहरु बेरोजगार भएर बस्न नपर्ने उनीहरुको भनाई छ ।
कर्णाली सरोकार समाज डोल्पाका प्रतिनिधि जीवन शाहीले अहिलेको प्राबिधिक शिक्षाको पाठ्यक्रम तराई र समथरभूमीमा हुने कृषिप्रणलीलाई मुख्य आधार मानेर तयार पारीएको गुनासो गर्नुभयो ।जनज्योती माध्यामिक बिद्यालय कुनाथरीका प्रचार्य नारायण सिंग्देलले प्राबिधिक शिक्षा हासील गर्नेहरुलाई कमाउँने र पढने गरी पाठ्यक्रम बनाउँन सुझाव दिनुभएको छ।श्रीकृष्ण सांस्कुत तथा साधारण माबि ईत्राम सुर्खेतका प्रधानाध्यापक यामलाल घिमिरेले प्रदेश नंम्बर ६ को वातावरण अनुकुल शिक्षा नीति बनाउँन सुझाव दिनुभयो ।
शिक्षा मन्त्रालयका सह–सचिव डिल्लीराम रिमालले यहाँको आवश्यकता र कृषि क्षेत्रको उत्पादन बृद्धि गर्न सक्ने शिक्षा नीति बनाउँन पहल गर्नु बताउँनु भएको छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका शाखा अधिकृत फडेन्द्र पौडेलले नेपालको परम्परागत शिक्षा पद्धतीका कारण उत्पादित जनशक्तिले काम पाउँन नसकेको बताउँनु भयो ।
यस्तै प्राबिधिक तथा व्यवसायिक शिक्षा परिषदका निर्देशक दिपक पौडेलले औधोगिकरण र प्राबिधिक शिक्षालाई संगसंगै अगाडी बढाएमा समुन्नत राष्ट्रको परिकल्पना गर्न सकिने बताउँनु भयो ।युवा शक्तिलाई स्वदेशमा रोक्नु चुनौति रहेको भन्दै प्रत्येक प्रदेशको आवश्यकता अनुसार प्राबिधिक शिक्षालय र शिक्षा प्रदान गर्नु आवश्यक रहेको उहाँको भनाई छ।जिल्ला समन्वय समिती सुर्खेतका प्रमुख छविलाल सिंग्देल,वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकूमार सुवेदी,उपप्रमुख मोहनमाया ढकाल लगायतले सबैभन्दा गरीबीको रेखामूनी रहेको ६ नंम्बर प्रदेशमा दक्ष जनशक्ति उत्पादनमा आवश्यक पर्ने शिक्षा नीति बनाउँन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँनु भएको छ ।

Share.

About Author

Leave A Reply