सत्ता हस्तान्तरण गर्न अातुर छुः देउवा

0

सुर्खेत, पुस १२ – प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक व्यवस्था अनुसार सत्ता हस्तान्तरण गर्न आफु आतुर रहेको बताउनु भएको छ। चितवनको सौराहामा १४ औं चितवन हात्ती महोत्सवको उद्धघाटन गर्दै प्रधानमन्त्री देउवाले संवैधानिक प्रक्रिया अनुरुप सत्ता हस्तान्तरण गर्ने बताउनु भएको हो। देउवाले लामो संक्रमणकाललाई राष्ट्रिय/अन्तराष्ट्रिय स्तरबाट विश्वास हुने गरी शान्तिपूर्व निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक नेपाल निर्माण गर्न नेपाल सरकार सफल भएको दाबी पनि गर्नुभयो।संक्रमणकाललाई निकास दिनकालागि आफु नेतृत्वको सरकार सफल भएको बताउँदै प्रधानमन्त्री देउवाले नतिजाको ख्याल नगरी निर्वाचत शान्तिपूर्ण रुपमा गराउन सफल भएको उल्लेख गर्नुभयो ।

Share.

About Author

Leave A Reply