प्रदेश नम्बर ६ मा एमाले एक्लै सरकार बनाउने हैसियतमा रहेको एमाले प्रदेस संसदिय दलको दाबी।

0

माघ–९सुर्खेत।नेकपा एमाले प्रदेश नम्बर ६ को संसदीय दलको पहिलो बैठकले प्रदेश ६ को मुख्यमन्त्री पद नछोड्ने संकेत गरेको छ।वीरेन्द्रनगरमा सम्पन्न भएको बैठकले जम्मा ४० सिट रहेको प्रदेश ६ मा एमालेले ५० प्रतिशत सिट जितेको र एक्लै सरकार बनाउन सक्ने हैसियत बनाएको भन्दै यसमा पार्टि नेतृत्वको ध्यानकर्षण गराउने निर्णय गरेको हो।एमाले प्रदेश नंम्बर ६ को कमिटीले यसअघि पनि प्रदेश ६ को मुख्यमन्त्री दावी गर्ने निर्णय गरेको थियो।अरु प्रदेशको तुलनामा प्रदेश ६ मा माओवादीको उपस्थिति बलियो भएको भन्दै माओवादीले पनि यो प्रदेसमा मुख्यमन्त्री नछोड्ने अडान कायमै राखेको छ।एमालेका पोलिटव्यूरो सदस्य तथा प्रदेश नंम्बर ६ का सह-संयोजक यामलाल कंडेलको अध्यक्षतामा भएको बैठकले सुर्खेत-काठमाडौं सिधा उडानको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।बैठकले चार बुँदे निर्णय गर्दै सुर्खेतबाट प्रदेशका अरू जिल्लाहरूमा समेत हवाइ सेवा विस्तार गर्न पनि माग गर्दै यसकाकोलागि सक्दो पहल गर्ने जनाएको छ।

Share.

About Author

Leave A Reply