प्रदेश नम्बर ६ मा सबैभन्दा बढी प्रतिशत मानिस गरिबीको रेखामुनि।

0

पुष–६।सरकारले हालै गरेको एक अध्ययनले साढे ८१ लाख नेपाली नागरिक अझै पनि गरीबीको रेखामुनी रहेको देखाएको छ।राष्ट्रिय योजना आयोगले अक्सफोर्ड विश्वविद्यालयको सहयोगमा तयार पारेको अध्ययन प्रतिवेदन राजधानीमा सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।नेपालमा नेपालमा पहिलो पटक बहुआयामिक विधिबाट गरिएको सर्वेक्षणले २८ दशमलव ५ प्रतिशत अर्थात प्रतिहजारमा २८६ नेपाली गरीबीको रेखामूनी रहेको देखाएको छ।यसअघि केन्द्रीय तथ्यांक विभागले गरीबीको दर २१ दशमलव ८ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेपनि भूकम्प र नाकाबन्दीपछि बढेर २५ प्रतिशत पुगेको अनुमान थियो।अहिले अवलम्बन गरिएको नयाँ विधीमा स्वास्थ्य सम्बन्धी दुई, शिक्षा सम्बन्धी दुई र जीवन स्तर सम्बन्धी ६ वटा सूचकको आधारमा गरीबीको दर निकालिएको हो।यो विधीका विकासकर्ता अल्किरे र केन्द्रीय तथ्यांक बिभागका महानिर्देशक सुमनराज अर्यालले नेपालमा पहिलो पटक यो विधीबाट अध्ययन गर्नुभएको हो।सन् २००६ देखि सन् २०१४ सम्मको तथ्यांकलाई गणनामा लिइएको भन्दै यस विधीले निकाल्ने सूचक दिगो विकास लक्ष्य एसडीजी गोलमा समेत प्रयोग गरिने बतार्इएको छ।सन् २०३० मा विश्वभरबाट गरीबी अन्त्य गर्ने लक्ष्य राखिएको छ भने नेपाल पनि यो अवधिमा विकासित मुलुकमा प्रवेश गर्ने तयारीमा रहेको छ।नेपालका १२ हजार घरधुरी र ५४ हजार मानिसहरु गणनामा लिइएको थियो।यो विधीमा पोषण, शिशु मृत्युदर, उमेरको आधारमा विद्यालय जाने बालबालिका, विद्यालयमा उनीहरुको उपस्थिति, खाना पकाउने उर्जा स्रोत, सरसफाई,खानेपानीकेा उपलब्धता, विद्युतीकरण, छानो तथा फ्लोर र सम्पत्ती लगायतका सूचकलाई लिइएको छ।नेपालीहरुको सरसफाई, सम्पत्ति र खाना पकाउने उर्जा सम्बन्धी सूचकमा सबैभन्दा धेरै प्रगति भएको जनार्इएको छ।संघीयतामा जान लागेको नेपालकोलागि पनि यो तथ्यांकले भावी दिनमा नीति निर्मातालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।यसैबिच सात वटा प्रदेश मध्ये प्रदेश नम्बर ६ मा सबैभन्दा बढी ५१ दशमलव दुर्इदुर्इ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको नयाँ अध्ययनले देखाएको छ।यसैगरी प्रदेश नम्बर २ मा ४७ दशमलव ८९ प्रदेश ७ मा ३३ दशमलव पाँच छ र प्रदेश ५ मा २९ दशमलव नौ दुर्इ प्रतिशत गरीबी रहेको जनार्इएको छ।प्रदेश १ नम्बर मा १९ दशमलव छ सात , प्रदेश ४ मा १४ दशमलव एक नौ र प्रदेश ३ मा १२ दशमलव दुर्इ चार प्रतिशत गरिबि रहेको जनार्इएको छ।प्रदेश नम्बर ६ मा कम तौल भएका र शिशु मृत्यु दरले गर्दा बढि गरीबीको दर देखिएको अध्ययनमा उल्लेख छ।तथ्यांक लिइएको ८ वर्षमा नेपालको गरीबी भने आधाले घटेको छ।सन् २००६ मा यही विधि अनुसार हेर्दा ६५ प्रतिशत मानिस गरीबीको रेखामुनी रहेकोमा सन् २०१० मा ४२ प्रतिशत र सन् २०१४ मा २८ दशमलव५ प्रतिशतमा गरीबी दर सिमित भएको हो।

Share.

About Author

Leave A Reply