प्रदेश सरकारका मुख्यमन्त्रीद्वारा संघीय सरकारको कामप्रति असन्तुष्टि।

0

फागुन-७ ।प्रदेश सरकारका मुख्यमन्त्रीहरुले संघीय सरकारको कामप्रति असन्तुष्टि जनाएका छन।प्रदेश सरकारका मुख्यमन्त्रीहरुले संघीय सरकारले संघीयतालाई आत्मसात गर्न नसक्दा आफूहरुले काम गर्न नसकेको दावी समेत गरेका छन।आज काठमाडौंमा  भएको ‘मुख्यमन्त्रीसँग मुखामुख’ कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको एकात्मकवादी चिन्तनका कारण संघीयता कार्यान्वयनमा समस्या भईरहेको आरोप लगाउनु भयो । उनले मुलुक बनाउन तीव्र आर्थिक विकासमा जोड दिनुपर्ने भएपनि संघीय सरकार अघि बढन नसक्दा प्रदेश सरकार खुम्चेर बस्नु परेको गुनासो पनि गर्नुभयो।मुख्यमन्त्री शाहीले संघीयता कार्यान्वयनकालागि प्रदेश सरकारलाई व्यवस्था गरिएको संवैधानिक अधिकार सुनिश्चित नगरे मुलुक द्धन्द्धमा फस्न सक्ने चेतावनी दिनुभएको छ।प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीयता कार्यान्वयनकालागि बौद्धिक बहसको आवश्यक्तामा जोड दिनुभएको छ।उहाँले स्रोतको खोजि गर्ने अधिकार संविधानले प्रदेश सरकारलाई दिएकाले संघीय सरकारलाई दोष दिएर उम्कने छुट भने कसैलाई पनि नरहेको बताउनु भएको छ।

Share.

About Author

Leave A Reply