प्रदेश सरकारले कानुन निर्माणमा ढिलाई गर्दा काम गर्न समस्या ।

0

असाेज २१ जुम्ला ।जुम्लाका स्थानीय तहका जनप्रतिनिधीले प्रदेश सरकारले कानुन निर्माणमा ढिलाई गर्दा आफुहरुलाई समस्या भएको बताएका छन्।उनीहरुले प्रदेश सरकारले बनाउने कानुनको आधारमा स्थानीय तहले कानुन बनाउने भएकाले समस्या भएको बताएका हुन।जिल्ला समन्वय समिति जुम्लाले सदरमुकाम खलंगामा गरेको स्थानीय जनप्रतिनिधिसंगको अन्तरक्रियामा जुम्लाका ८ वटै स्थानीय तहका प्रमुखहरुले प्रदेश सरकारले स्थानीय तहलाई स्पष्ट निति निर्देशन नसकेको गुनासो गरेका छन।अन्तरक्रियामा कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले स्थानीय तहलाई आवश्यक कानुन छिटै तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।संघीय सरकारले कानुन निर्माणको काममा ढिलाई गर्दा पनि प्रदेश सरकारलाई कानुन निर्माणमा अफ्ठ्यारो भएको मन्त्री भण्डारीको भनाई छ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ३ वटै तहका सरकारहरु विचको आपसी समन्वयमा मात्रै संघियतालाई सफल वनाउन सकिने वताउनुभयो।कर्णालीको विकासका लागि प्रदेश सरकार स्थानीय तहसंग हातेमालो गरेर अगाडि वढन चाहेको बताउनुभयो।उहाँले कर्णालीमा रहेको श्रोत साधनको उपयोग गरेर जनताको अपेक्षा अनुसमार छोटो समयमै समृद्धि हासिल गर्न सकिने उहाँको भनाई छ ।जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालवहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री खडकवहादुर खत्रीप्रदेश सभा सदस्य दिनवन्धु श्रेष्ठकुर्मराज शाहीप्रमुख जिल्ला अधिकारी विष्णु पौडेलप्रहरी प्रमुख सिताराम रिजाल लगायतको सहभागिता रहेको थियो।

Share.

About Author

Leave A Reply