प्रदेश ५ को स्थायी राजधानी र नामाकरणकालागि विशेष समिति गठन।

0

साउन २५।प्रदेश ५ को स्थायी राजधानी र नामाकरणकालागि प्रदेश सभाले विशेष समिति गठन गरेको छ।प्रदेशसभा वैठकमा सभामुख पूर्णबहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा रहेका सदस्यहरुको नाम घोषणा गर्नुभएको छ।समितिले आगामी तीन महिनाभित्र प्रदेश ५ को स्थायी राजधानी र नामाकरणबारे अध्ययन गरी प्रदेशसभामा प्रतिवेदन बुझाउनुपर्ने समय सीमा तोकिएको छ।समितिले जस्तो प्रतिवेदन बुझाएपनि प्रदेश नामाकरण र स्थायी राजधानीको अन्तिम टुंगो भने प्रदेश सभाको दुई तिहाई वहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था छ।

Share.

About Author

Leave A Reply