प्रदेस नम्बर ६ मा बामगठबन्धन र कांग्रेसका उम्मेदवारबिच मात्र प्रतिस्पर्धा हुने ।

0

माघ–११सुर्खेत।यही माघ २४ गते हुन राष्ट्रिय सभा निर्वाचनकालागि प्रदेश नम्बर ६ मा बाम गठबन्धनका नेकपा एमाले र माओबादी केन्द्र तथा नेपाली कांग्रेसले मात्र मनोनय दर्ता गराएका छन।बीरेन्द्रनगरमा रहेको प्रदेश नम्बर ६ को निर्वाचन अधिकृतको कार्यालयले ८ पदकालागि बामगठबन्धनबाट ८ र नेपाली कांग्रेसबाट ४ जनाको उम्मेदवारी परेको जनाएको छ ।राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि प्रदेश ६ बाट बाम गठबन्धनतर्फ एमालेबाट पाँच र माओवादीबाट ३ गरी ८ जनाले मनोनय दर्ता गरेका छन्।एमालेले नरपति लोहार, नन्दा शर्मा,, कविता बोगटी, भैरव सुन्दर श्रेष्ठ र ठकेन्द्रप्रसाद पुरीलार्इ उम्मेद्वार बनाएको छ।माओवादीबाट कालिबहादु मल्ल, जीवनबहादुर बुढा र युटोल तामाङले मनोनय दर्ता गराएका छन।नेपाली काँग्रेसले ८ जनामध्य ४ जनाको मात्रै मनोनयन दर्ता गरेको छ।काँग्रेसले राष्ट्रिय सभा अपाङगता अल्पसंयक सदस्यकालागि गोपालप्राद शर्मा, खुलामा विष्णु शाही, महिलामा सूर्यदेवी मल्ल र दलित सदस्यमा मित्रलाल सार्कीको मनोनय दर्ता गरेको छ।प्रदेश नम्बर ६ मा १९८ जना मतदाता रहेका मतदान अधिकृतको कार्याललयले जनाएको छ।प्रदेश नम्बर ६ स्थानियतहका प्रमुख उपप्रमुख तथा गाँउपालीका अघ्यक्ष उपाध्यक्ष गरेर १ सय ५८ जना छन भने ४० जना प्रदेश साँसद रहेका छन।प्रदेश नम्बर ६ मा एमाले ७५ माओबादी केन्द्र ६५ नेपाली काँग्रेस ५७ र राप्रपा नेपालको एक जना मतादाता रहेका छन।प्रत्येक प्रदेशबाट महिला ३, दलित १, अपांगता / अल्पसंख्यक १ र अन्य ३ गरी ८ जना निर्वाचित हुनेछन।

Share.

About Author

Leave A Reply