प्रदेस सरकार आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा।

0

जेठ-३१ सुर्खेत।चालु आर्थिक वर्षमा विकास बजेट खर्च गर्न नसकेको भन्दै आलोचना खेपरिरहेका बेला कर्णाली प्रदेस सरकारले आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा जुटेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी वर्षको बजेटमा एक करोड रुपैयाँभन्दा साना योजना निर्माण नगर्ने जनाएको छ।

मन्त्रालयले विकासका टुक्रे योजनामा बजेट विनियोजन गर्दा कार्यान्वयनमा चुनौती देखिएको भन्दै यसपाली कार्यान्वयनमुखी बजेट निर्माण गर्ने दाबी गरेको छ ।

मन्त्री प्रकाश ज्वालाले  जनताका विकास आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट ल्याउने बताउनु भयो ।

असार १ गते सार्वजनिक हुने बजेट बारे चासो बढीरहेका बेला मन्त्रालयले ३३ अर्ब भन्दामाथि  बजेट ल्याउने तयारी भर्इरहेको जनाएको छ ।

चालु आर्थिक वर्षमा २८ अर्ब  बढीको  बजेटमा २१ अर्ब ३२ करोड पुजिगत बजेट मध्य सरकारले जेठ महिना सकिन लाग्न ८ प्रतिशत पनि खर्च गर्न सकेको छैन ।

सबैभन्दा धेरै साढे ९ अर्ब भन्दा बढी विकास बजेट रहेको भौतिक पूर्वाधार विका मन्त्रालयले एक अर्ब पनि खर्च गर्न सकेको छैन ।

 

 

Share.

About Author

Leave A Reply