प्रधानमन्त्री ओली र भारतिय समकक्षी मोदीबिच विद्युतीय रेल विस्तारको बारेमा ४ बुँदे सहमति

0

चैत–२५।भारतको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच विद्युतीय रेल विस्तारको बारेमा ४ बुँदे सहमति भएको छ।प्रधानमन्त्रीको तीनदिनको भारत भ्रमणका क्रममा नेपालल–भारत १२ बुँदे संयुक्त विज्ञप्तिसँगै विद्युतीय रेल सेवा विस्तार गर्ने सम्बन्धी चार बुँदे सम्झौता पनि भएको हो।  प्रधानमन्त्री ओली र मोदीबीच रक्सौल–काठमाडौं जोड्ने विद्युतीय रेल सेवा निर्माणको विषयमा सम्झौता भएको हो ।भारतको आर्थिक सहयोगमा रक्सौलदेखि काठमाडौंसम्म जोड्ने विद्युतीय रेल सेवाको विस्तार गर्ने विज्ञप्तिमा जनाइएको छ। दुवै प्रधानमन्त्रीले जयनगर र जनकपुर तथा जोगबनी र विराटनगर जोड्न रेल सेवा सन् २०१८ भित्र पूरा हुने बताएका छन्।जारी रेल सेवा विस्तार प्रोजेक्टको बाँकी रहेका काममा जयनगर–बिजलपूरा–बर्दिवास र जोगबनी–विराटनगरलाई प्राथमकिता दिएर काम अघि बढाउने सहमतिमा जनाइएको छ।

रेल निमार्णका विषयमा नेपालले भूमि व्यवस्थापनका विषयमा छिटै टुङ्गोमा पुर्याउने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । रेल सेवाहरु विस्तारकालागि नेपाल र भारतको संयुक्त कार्यदलले नियमित रुपमा गरेको बैठकमा दुई प्रधानमन्त्रीले प्रशंसा व्यक्त गरेका छन्। संयुक्त कार्यदलले भारत र नेपालबीच जोड्ने रेल सेवाको विषयमा आवश्यक सम्झौता, सामाग्री र नीति निर्माणमा काम गर्ने भनिएको छ।अन्तिम बुँदामा भारत र नेपालबीच जोडिने रेल सेवा प्रोजेक्टको दोस्रो चरण अन्तर्गतका बाँकी तीन रेल मार्गको महत्वबारे जोड दिइएको छ। नेपालगञ्ज रोड– नेपालगञ्ज जोड्ने रेल सेवाको सहित न्यू जलपाइगुडी–काँकडभिट्टा, नौतनवा–भैरहवा रेलमार्गमा काम हुने सम्झौता भएको छ।

Share.

About Author

Leave A Reply