चैत २८ सुर्खेत, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ।
संवादमा कोरोना भाइरसको महामारीविरुद्ध भैरहेको सहकार्यलाई थप सशक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी गराउनु भएको छ।
संवादका क्रममा लकडाउनको कारण एक अर्काको देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिएको पनि प्रधानमन्त्री ओलीको भनार्ई छ।
यस्तै आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न पनि छलफल भएको हो।