प्रधानमन्त्री कप क्रिकेटमा नम्बर ३ र प्रदेस नम्बर २ नम्बर विजयी ।

0

जेठ–१६।राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेस नम्बर ३ र प्रदेस नम्बर दुर्इ बिजयी भएका छन।प्रदेस नम्बर ३ ले कर्णाली प्रदेसलार्इ ३ विकेटले हराएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १७९ रनको लक्ष्य प्रदेस नम्बर तीनले ३६ दशमलव ३ बलमा सात विकेट गुमाएर पुरा गरेको हो। प्रदेस नम्बर तीनका रुपेस श्रीवास्तवले अविजित ३९ र आदिल खानले ३१ रनको योगदान दिनुभयो ।कर्णाली प्रदेसका चन्द्र बिसीले १० ओभरमा ४१ रन दिएर ६ विकेट लिएपनि टोलीको हार टार्न सक्नु भएन।कर्णाली प्रदेसका कप्तान रबिन्द्रजंग शाहीले  र दिवान पुनले समान ५२ रनको अर्धशतकिय पारी खेल्नु भएको छ ।यस्तै मूलपानी क्रिकेट मैदानमा  प्रदेस नम्बर २ ले प्रदेस नम्बर चारलार्इ ५७ रनले हराएको छ ।१५९ रनको लक्ष्य पाएको ४ नम्बर प्रदेस २८ ओभर पाँच बलमा ९१ रनमै अल आउट भयो।४ नम्बर प्रदेसलार्इ सस्तैमा समेट्न प्रदेस नम्बर दुर्इ का संन्जव रेग्मीले र १० ओभरमा १६ रन दिएर पाँच तथा सम्सेद शेखले ८ ‌ओभरमा २० रन दिएर ४ विकेट लिनुभयो ।पहिलो पटक संघीय संरचनाअनुसार आयोजना भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता छ।प्रतियोगिताको विजेताले पुरस्कार स्वरूप २० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले १० लाखमा चित्त बुझाउनुपर्ने छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख र उत्कृस्ट ब्याट्सम्यान तथा बलरले   जनही ५० हजार प्राप्त गर्नेछन् ।

Share.

About Author

Leave A Reply