प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ४ विजयी।

0

जेठ–१७।काठमाडौंमा जारी  प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको चौथो दिन प्रदेश नम्बर ४ ले प्रदेश नम्बर १ लाई ३ सय ११ रनको लक्ष्य दिएको छ ।राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा भैरहेको प्रतियोगिता अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला व्याटिङ गरेको प्रदेश ४ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय १० रन बनाएको हो।प्रदेश ४ कालागि हरि चौहानले सतकिय पारी खेल्दा  सुमन घिमिरेले ८३ रन बनाउनु भयो। १ सय २९ रन बनाउँदा ५ विकेट गुमाएको प्रदेश ४ लाई चौहान र घिमिरेको साझेदारीले ठूलो स्कोरमा पुर्याएको हो । प्रदेश १ का पुष्प थापा र सन्दीप ढुंगानाले २–२ तथा मनोज तामाङ र मनिस थापाले एक एक विकेट लिनु भयो ।यस्तै  मूलपानी क्रिकेट मैदानमा प्रदेश ५ र ७ बीच प्रतिस्पर्धा भैरहेको छ । वर्षाका कारण खेल ३८ ओभरमा छोट्याइएको खेलमा प्रदेश नम्बर ७ ले टस जितेर व्याटिङ गरिरहेको छ।

Share.

About Author

Leave A Reply