भारत भ्रमण बारे पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श

0

चैत–२२।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण बारे  पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श तथा भारत भ्रमणमा राख्नुपर्ने एजेन्डा लगायतका विषयमा सुझाव लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।पूर्व प्रधानमन्त्रीहरुले ओलीलार्इ पहिलेका सन्धि सम्झौता कार्यान्वयनलार्इ प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन ।पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी छलफलमा सहभागी हुनुभएको थियो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री ओलीचैत २३ देखि तीन दिने भारत भ्रमणमा नयाँदिल्ली जाँदै हुनुहुन्छ।भ्रमणका एजेन्डाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र परराष्ट्र मन्त्रालयले तयारी गरिरहेका छन् ।

Share.

About Author

Leave A Reply