प्रधानमन्त्री देउवाको आह्वानमा आज पाँच दलको बैठक बस्दै।

0

पुष–२०।प्रधानमन्त्री शेरबहादुर देउवाले आज पाँच पार्टीको बैठक बोलाउनु भएको छ।प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्नु अघि राजनीतिक सहमति खोज्न भन्दै प्रधानमन्त्रीले भोली विहान ९ बजे बालुवाटारमा बैठक बोलाउनु भएको हो।राष्ट्रिय मान्यता पाएका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको शीर्ष बैठक बोलार्इएको प्रधामन्त्रीको निजि सचिवालयले जनाएको छ।यो बैठकमा सहमति भए आज नै मन्त्रिपरिषद् बैठकले सातवटा प्रदेशको अस्थायी राजधानी तोक्नुका साथै प्रदेश प्रमुखहरु पनि नियुक्त गर्नेछ।सरकारले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को भक्तपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को धनगढीलाई अस्थायी राजधानी तोक्ने तयारी गरेको छ।प्रदेशसभाको अन्तिम परीणाम प्रदेश प्रमुखलाई बुझाउनु पर्ने भएकाले प्रदेश प्रमुखको नियुक्ति पनि गर्नुपर्ने बाध्यता छ।

Share.

About Author

Leave A Reply