प्रहरी र बिप्लव समूहका कार्यकर्ताबिच गोली हानहान।

0

असार-२६ सर्खेत।भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द बिप्लब नेतृत्व नेकपाका कार्यकर्ताबिच गोली हानहान हुदाँ दुइ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।भोजपुर प्रहरीले गोली लागेर खोटाङ घर भई भोजपुरमा कार्यरत प्रहरी जवान सञ्जिव राई र विप्लव समूहका निरकुमार राइको ज्यान गएको जनाएको छ ।यस्तै एकजना प्रहरी घार्इते भएका छन।

 

भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले प्रहरी जवान राईलाई गोली हानेको प्रहरीको भनार्इ छ ।राईको गोली लागेपछि जवाफी कार्वाहीका क्रममा गोली चलाउदाँ विप्लव समूहका नीरकुमार राईको पनि ज्यान गएको प्रहरीको भनाइ छ ।घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

 

 

Share.

About Author

Leave A Reply