प्रारंगारीक कृषि कार्यक्रम कर्णालीबाट सुरु गर्ने सरकारको तयारी – मन्त्री खनाल।

0

फागुन ३०,सुर्खेत।जिल्लासंघिय सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री चक्रपाणी खनालले कृषि मार्फत देशलाई आर्थिक रुपमा समृद्ध बनाउने गरी सरकारले कार्यक्रमहरु संचालन गरीरहेको बताउनु भएको छ।वीरेन्द्रनगरमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खनालले कृषिमा उत्पादकत्व बढाउन सरकार लागिरहेको बताउनुभयो।मन्त्री खनालले १० वर्षमा देशलाई प्रारंगारीक कृषि तर्फ लैजाने महत्वपूर्ण कार्यक्रम कर्णाली प्रदेशबाट सुरु गर्ने बताउनुभयो।मन्त्री खनालले कृषिमा आधुनिकिकरण गर्नका लागि सरकारले अनुसन्धान केन्द्र खोल्ने तयारी थालेको बताउनुभयो।प्रदेश सरकार आफैँमा स्वायत्त सरकार भएको भन्दै मन्त्री खनालले संघले अधिकार दिएन भनेर पन्छिन नमिल्ने मन्त्री खनालको भनाई छ।पन्ध्रौ पञ्चवर्षिय योजनामा कृषि क्षेत्रको सुधारका लागि केहि जग बसाल्नका लागि किसाहरुकसँग आवश्यक छलफल गर्ने मन्त्री खनालको भनाई।सरकारले देशको विकासका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेको मन्त्री खनालले जानकारी दिनुभयो।सरकारका मन्त्री बदलिने हल्ला चले पनि यस विषयमा प्रधानमन्त्री केपी शर्मा वलीले कुनै धारणा व्यक्त नगरेको भन्दै मन्त्री खनालले अहिले मन्त्री फेरबदल नहुने बताउनुभयो ।विप्लव समूहले जनप्रतिनिधिलाई धम्की दिने र चन्दा मागेर सास्ती दिएकाले विपल्बका त्यस्ता गतिविधिलाई सरकारले नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिईसकेको बताउनुभयो।देशमा हिंसात्मक गतिविधी हुन नदिन नेत्रविक्रम चन्द विपल्प समुहलाई प्रतिबन्ध लगाईएको मन्त्री खनालको भनाई छ ।

 

 

Share.

About Author

Leave A Reply