बंगबन्धु गोल्डकपमा नेपाल पराजित।

0

असोज १७।बंगबन्धु गोल्डकपको पहिलो खेलमा गत संस्करणको विजेता नेपालले ताजिकिस्तानसँग २० गोल अन्तरले पराजय व्यहोरेको छ।बंगलादेशमा भएको खेलमा २७औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका जर्सी नम्बर १० का खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। ताजिकिस्तानका कप्तान फाथ्खुल्लोले पेनाल्टीलाई गोलमा परिणत गर्दै नेपालविरुद्ध एकशून्यको अग्रता बनाएका थिए। दोस्रो हाफको  ६८ औँ मिनेटमा ताजिकिस्तानका टुरीनोभ कोमरोनले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए।नेपालले पटक-पटक आक्रमणको प्रयास गरे पनि गोल भने गर्न सकेन।नेपालले आउँदो शनिबार प्यालेस्टाइनसँग खेल्नेछ ।

Share.

About Author

Leave A Reply