बजार अनुगमनलाई निरन्तरता दिनुपर्ने सरोकारवालाहरुले जोड ।

0

साउन २४, सुर्खेत-बजार अनुगमन गर्ने जिम्मा पाएको निकायले अनुगमनलाई निरन्तरता दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन।

उनीहरुले बजार अनुगमन नहुँदा उपभोक्ताहरु म्याद गुज्रेका वस्तु प्रयोग गर्नुपर्ने बाध्यतामा रहेको भन्दै जिम्मेवार निकायको ध्यानाकर्षण गराएका हुन्।

ईन्सेक कर्णाली प्रदेशको आयोजना र मानवअधिकार निगरानी समूहको समन्वयमा वीरेन्द्रनगरमा भएको शिक्षा, स्वास्थ्य, खाध अधिकार सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले चाडपर्वका समयमा अनुगमनलाई तिव्रता दिन सुझाव समेत दिएका छन्।

कार्यक्रममा वीरेन्द्रनगरको झुप्राखोलाटोलकि धनसरी नेपालीले माथिल्लो कक्षा ९ भन्दा माथिका कक्षा पढ्न त्यहाँका बालबालीकाहरुलाई छिन्चु वा वीरेन्द्रनगर पुग्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै खुला कक्षाको विकास गर्न माग गर्नुभयो।

वीरेन्द्रनगरकै किसान दयानाथ गौतमले किसाहरुले मल नपाउँदा समस्या भएको भन्दै यस विषयमा वीरेन्द्रनगर नगरपालिकालाई जानकारी गराउाँदा समेत माग सुनुवाई नभएको बताउनुभयो।

यस्तै अन्तरक्रियामा गोबिन्द खत्रीले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा छाडा चौपायाका कारण सवारी चालकका साथै सडकमा हिड्ने यात्रुहरुले सास्ती खेप्नु परेको गुनासो गर्नुभएको छ।

सडकमा छाडा छोडिएका पशुलाई व्यवस्थित गर्नका लागि गौशालाको व्यवस्था गर्नुपर्ने खत्रीको भनाई छ।

खाध प्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले नागरिकको स्वास्थ्य प्रति गम्भीर रहेको भन्दै गुणस्तर चेकजाचमा आफुहरु गम्भीर रहेको बताउनुभयो।

सुर्खेत उधोग वाणिज्य संघका उपाध्यक्ष हर्षविक्रम खड्काले प्रशासन सँगको समन्वयमा बजार अनुगमनलाई तिव्रता दिईएको बताउनुभयो।

मानव अधिकार निगरानी समूहका संयोजक लक्ष्मी शर्माले मानव अधिकारको हनन हुन नदिन सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो।

Share.

About Author

Leave A Reply