बजेटको मन्त्रालयगत छलफल सुरु।

0

असार-२३ सर्खेत।आर्थिक वर्ष २०७६/०७७ का लागि कर्णाली प्रदेश सरकारले ल्याएको बजेटको मन्त्रालयगत छलफल सुरु भएको छ। बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेट शीर्षक माथि छलफल भएको हो।मन्त्रालयगत बजेटको छलफलमा पनि सत्तापक्षकै सांसदहरुले समेत विरोध जनाएका छन।नेकपाका सांसद धर्मराज रेग्मीले सरकारको नीति तथा कार्यक्रममा एक करोड भन्दा माथीका योजना मात्र बनाउने उल्लेख गरिए पनि बजेट त्यस अनुसार नआएको भन्दै असहमती जनाउनुभयो।उहाँलेसंसदबाट पास भएको निती तथा कार्यक्रमको अवमुल्यन गरी सदनको ध्वजी उडाएको आरोप समेत लगाउनुभयो।

 

त्यस्तै नेकपाकै सांसद ठम्मर विष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा ठूला आयोजना भन्दा साना र खुद्रे आयोजनालाई प्राथमिकता दिइएको भन्दै सच्यायर ल्याउन माग गर्नुभयो।सत्तापक्षकै सांसद चन्द्रबहादुर शाहीले बजेट प्रति असन्तुष्टि जनाउँदै बजेट कार्यान्वयनमा सरकार कुहिरोमा हराएको काग जस्तै भएको भन्दै सरकारले प्रदेशमा उत्पादन र रोजगारलाई विशेष जोड दिन आग्रह गर्नुभयो।उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिनबन्दु श्रेष्ठले सरकारको डिजिटल कर्णाली, बिपद व्यवस्थापन कोष लगाएत कतिपय कृर्षी मन्त्रालयका कार्यक्रम प्रति असन्तुष्टि व्यक्त गर्दै सच्याउन माग गर्नुभयो।

 

काँग्रसका सांसद झोवा वि.कले बजेट मन्त्री र शिर्ष नेता केन्द्रित रहेको संकेत गर्दै कसैलाई भोकै राख्ने र कसैलाई वाग्ने गरि बजेट नबाँडन आग्रह गर्दै सरकारलाई समान रुपमा बजेट विनियोजन गर्न माग गर्नुभयो।सांसद विकले सरकारको कार्यक्रम र बजेट काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर जस्तो भएको टिप्पणी गर्नुभयो।संसदमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरुले भोली बस्ने प्रदेश सभा बैठकमा दिने कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ।अाजको बैठकमा सामाजिक विकास मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ।

Share.

About Author

Leave A Reply