बजेटमाथि संघिय संसदमा आजबाट छलफल सुरु।

0

जेठ-१९ सुर्खेत।सरकारले हालै सार्वजनिक गरेको नयाँ बजेटमाथि संसदमा आजबाट छलफल सुरु भएको छ।सत्तारुढ दलका सांसदले अर्थमन्त्री डा युवराज खतिवडाले गत १५ गते संघीय संसदमा पेस गरेको  बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन ।ज्येष्ठ नागरिक भत्ता वृद्धि, पूर्वाधार विकास, सामाजिक क्षेत्रमा बजेट वृद्धि सकारात्मक भएको उनीहरुको भनाइ छ।उता प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदले भने सबैलाई खुशी पार्न आएको सबैलाई खुशी पार्न आएको वितरणमुखि बजेट कार्यान्वयन हुन नसक्ने ठोकुवा गरेका छन।यो बजेटले आर्थिक समृद्धि हुन नसक्ने, र आर्थिक सामाजिक रुपान्तरण गर्न नसक्ने उनीहरुको टिप्पणी छ।नेकपाका सांसद योगेश भट्टराईले पूँजीगत खर्च हुन नसक्दा आइपर्ने समस्या समस्यालाई सम्बोधन गर्ने बजेट आएको बताउनु भयो ।नेपाली कांग्रेसका सांसद डा मीनेन्द्र रिजालले बजेट अति महत्वाकांक्षी लक्ष्य लिएको हुँदा कार्यान्वयन हुन नसक्ने, बजेट वितरणमुखी रहेको बताउँदै सातवटै प्रदेशमा पूँजीगत खर्च बढाउने संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो।बैठकको शुरुमा अर्थमन्त्री खतिवडाले यसअघि चालू आवमा सात प्रतिशत वृद्धि गर्ने लक्ष्य लिए पनि त्योभन्दा बढी हासिल गर्न सकिने दाबी गर्नुभएको छ।उहाँले लक्षित आर्थिक वृद्धिभन्दा बढी उपलब्धि हासिल गर्नेगरी पूर्वाधार विकासमा लगानी गर्ने गरी बजेट ल्याइएको भन्दै यसले ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो।बजेट तथा कार्यक्रमलाई प्रभावकारी बनाउन आन्तरिक स्रोत र बाह्य स्रोत दुवै परिचालन गरिने उहाँको भनाइ छ।

 

Share.

About Author

Leave A Reply