बजेट कार्यान्वयनमा लैजान कांग्रेसकाे सरकारलाई दबाब।

0

जेठ–१७।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटलाई यथार्थवादी ढंगले कार्यान्वयनमा लैजान सरकारलाई दबाब दिने भएको छ । पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले संसदीय दलको बैठकले बजेट कार्यान्वयनको ठोस आधार तय गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारलाई दबाब दिने निर्णय गरेको बताउनु भयो । जनताले चाहेको विकास र समृद्धिको चाहनालाई सम्बोधन हुने गरी बजेट कार्यान्वयनमा लैजान सरकारलाई दबाब दिने निर्णय गरिएको जानकारी दिनुभयो । कांग्रेसले बाह्य लगानी भित्रयाएर मुलुकको राष्ट्रियतालाई कमजोर बनाउने गम्भीर आशंका व्यक्त गर्दै त्यसो नगर्न पनि सरकारलाई सचेत गराएको छ । खाँडले बजेटले नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिएको पनि बताउनुभयो।नेपाली कांग्रेसले अदालतले दोषी ठहर गरी जेल सजाय सुनाइएका बालकृष्ण ढुंगेललाई सरकारले जेलमुक्त गरेको भन्दै आपत्ति जनाएको छ ।कांग्रेसले संविधान र कानुन विपरीत ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय कुनैपनि हालतमा मान्य नहुने बताउनु भयो ।सरकारले गणतन्त्र दिवसको अवसर पारेर द्वन्द्वकालको हत्या अभियोगमा जेल सजाय भुक्तान गरिरहेका तत्कालीन माओवादी नेता ढुंगेलको बाँकी जेल सजाय मिनाहा गरेको थियो ।

Share.

About Author

Leave A Reply