बजेट संशोधन नगरेसम्म बैठक चल्न नदिने चेतावनी।

0

असार-१५ सर्खेत।सुदूरपश्चिम प्रदेशका विपक्षी दलका सांसदहरूले सरकारले बजेट संशोधन नगरेसम्म प्रदेशसभा बैठक सञ्चालन गर्न नदिने चेतावनी दिएका छन्।

प्रदेश सरकारले आगामी आर्थिक वर्षकोलागि ल्याएको बजेट वितरणमुखी र विभेदपूर्ण रहेको भन्दै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले बिरोध जनाएका हुन ।

दुवै दलले आज धनगढीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले बजेट संशोधन गर्नुपर्ने बताएका हुन्।

लगातार चारपटकसम्म प्रदेशसभा बैठक अवरुद्ध गरेको बताउँदै नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सरकारले बजेट संशोधन नगर्दासम्म सदन अवरुद्ध गर्ने चेतावनी दिनुभयो ।

उहाँले प्रदेश सरकारले असन्तुलित र अपारदर्शी बजेट ल्याएको आरोप लगाउँदै बजेट बनाउँदा विधि पद्धति सबै कुल्चिएको दाबी गर्नुभयो।

रावलले प्रदेश सरकारले अर्थ विविध शीर्षकमा साढे छ अर्ब बढी बजेट छुट्ट्याएर कार्यकर्तालाई बाँड्ने योजना बनाएको आरोप पनि लगाउनु भयो ।

अवरुद्ध संसद् खेलाउने  विषयमा सरकारसँग तीनपटक वार्ता भए पनि सहमति भने हुन नसकेको उहाँको भनाइ छ ।

राष्ट्रिय जनता पार्टी राजपाका सांसद कृष्ण चौधरीले बजेट विनियोजन सन्तुलित ढंगले नभएर स्वेच्छाचारी र विभेदकारी ढंगले भएकाले आफूहरू आन्दोलित हुनुपरेको बताउनु भयो।

 

Share.

About Author

Leave A Reply