बराहतालका किसानलाई ५० वटा भैसी वितरण।

0

असार १४,  पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशले किसानलाई ६५ लाख बढी रकम बराबरका ५० वटा भैसी वितरण गरेको छ।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ५ सुन्दरी गाउँका ४१ जना किसानलाई निर्देशनालयले एक राँगो सहित भैसी वितरण गरेको हो।

निर्देशनालयका निमित्त निर्देशक खड्कबहादुर सिंजाली, अधिकृत मोहन गिरी लगायतको उपस्थितिमा किसानहरुलाइ भैसी वितरण गरिएको हो।

दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भैंसी वितरण गरिएको निर्देशनालयका अधिकृत गिरीले जानकारी दिनुभयो।

उहाँले निर्देशनालयले ४७ लाख ५० हजार र बाँकी किसानको गरि ६५ लाख बढी लगानीमा भैंसी खरिद गरेर वितरण गरिएको हो।

एक भैसीको मूल्य १ लाख ३० हजार जति परेको सुन्दरी दुग्ध उत्पादन तथा वितरण कृषक समूहका अध्यक्ष रत्नलाल सुवेदीले वताउनुभयो।

निर्देशनालयले गतबर्षपनि किसानलाई भैसी वितरण गरेको थियो।

सुन्दरी गाउँका प्रत्येक किसानले उत्पादन गरेको दुध सुर्खेतको डेरी उद्योगले किन्ने गरेको छ।

Share.

About Author

Leave A Reply