बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या बढ्यो।

0

असोज८बर्दिया।बर्दिया राष्ट्रिय निकुञ्जमा यसपाली पाटे बाघको संख्या बढेको छ।यसअघि ५० वटा वयस्क पाटे बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा यो वर्ष बढेर ८७ वटा पुगेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो।सन् २००८ मा १८ वटा बयस्क बाघ रहेको यो निकुन्ज सन् २०१२ मा ३७ वटा २०१३ वटा गणना भएको यसपाली ३७ वटा बढेर ८७ पुगेको हो। पछिल्लो समयमा स्थानीयबासिन्दाको सक्रियता, बाघको राम्रो हेरचाह संरक्षणका साथै बर्दिया निकुञ्ज बाघका लागि उपयुक्त वासस्थान र बाघको आहारा प्रजाती बढेकोले पनि बाघको संख्या बढ्दै गएको निकुञ्जको भनाई छ।देशका विभिन्न निकुन्जमा बाघको संख्या बढिरहेका बेला चितवनमा भने बाघको संख्या घटेको छ।यसअघि १ सय २० वटा पाटे बाघ रहेको चितवन निकुञ्जमा २७ वटा बाघ घटेर ९३ वटामा झरेको छ।नेपालभर १ सय ९८ वटा पाटे बाघ रहेकोमा अब बाघको संख्या बढेर २ सय ३५ पुगेको निकुञ्जले जनाएको छ।आठ वर्षअघि नेपालमा १ सय २१ वटा बाघ रहेका बेला सन् २०२२ भित्र नेपालमा बाघको संख्या दोब्बर बनाउने अर्थात २ सय ५० पुर्याउने  सरकारको लक्ष्य छ।

Share.

About Author

Leave A Reply