बलात्कार गरेको आरोपमा कैलालीमा चार जना पक्राउ।

0

भदाै २५ युवतीलाई होटलमा बोलाएर बलात्कार गर्ने ४ जना कैलालीमा पक्राउ परेका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर ४ स्थित डडेल्धुरा रेष्टुरेन्ट एण्ड बारमा २१ वर्षीया युवतीलाई बोलाएर जबरजस्ती करणी गरेको उजुरी पीडित पक्षले प्रहरीलाई दिएपछि उनीहरु पक्राउ परेका हुन्।

संचालक सन्जु पालले आफ्नो होटलमा बोलाएको र अरु तीन जना व्यक्ति समेतले जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको थियो।

पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका ९ घर भएका धनगढी–४ स्थित होटल संचालक २० वर्षीय सन्जु पाल, डडेल्धुराको अमरगढी नगरपालिका–१ बस्ने २० वर्षीय हेमन्त दियाल, डडेल्धुराकै नवदुर्गा गाउँपालिका–२ बस्ने २४ वर्षीय दिपक भट्ट र अजयमेरु गाउँपालिका–१ बस्ने २१ वर्षीय टंक धामी रहेका छन्।

उजुरी पर्नासाथ निजहरुलाई पक्राउ गरी जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता भएको र कैलाली जिल्ला अदालतबाट म्याद थप गरीअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताउनुभयो।

Share.

About Author

Leave A Reply