बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना संक्रमितहरु निको भए।

0

जेठ ९ सुर्खेत,बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना संक्रमितहरु निको भएका छन।

बाँकेका पहिलो संक्रमित ६० बर्षिय पुरुषसहित २१ जना कोरोना भाइरसबाट मुक्त भएर आज घर पठाउने तयारी रहेको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो।

दोस्रो पटक गरीएको पिसिआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाइ डिस्चार्ज गर्न लागिएको उहाँले जानकारी दिनुभयो।

२० दिनको अस्पताल बसाई पूरा गरेर निको भएपछि उनिहरुलाइ आज बिदाइ गरिने डा थपाको भनाइ छ।

२८ जनाको उपचार भइरहेको अस्पतालमा अव ७ जनामात्र बाँकी रहने बताउनुभयो।

 

 

Share.

About Author

Leave A Reply