बाँकेमा आज एकै दिन थप ४७ जनामा कोरोना देखियो।

0

सुर्खेत जेठ ५, बाँकेमा आज एकै दिन थप ४७ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला रहेको जनाएको छ।

२ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको र १ सय ९२ जनाको परीक्षण गरिएको थियो।

हिजो क्‍वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएका लगायतको स्वाब संकलन गरी परीक्षण गरिएको हो।

स्वास्थ्य मन्त्रालयले विराटनगर र भैरहवालगायत थप ४ जनामा कोरोना पुष्टि भएको जनाएको छ।

यो संगै आज नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको छ भने देशभर ३१ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ।

 

Share.

About Author

Leave A Reply