बाँकेमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तिथि मिति तोक्न सरोकारवालाको माग।

0

मंसीर ५ बाँके।बाँकेमा हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तिथि मिति तोक्न जनप्रतिनिधिहरुले आव्हान गरेका छन् ।स्थानियदेखि प्रदेस र प्रतिनिधि सभा सदस्यहरुको सपुस्थितिमा बसेको क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ को बैठकले फागुनको पहिलो साता प्रतियोगिता गर्न राष्ट्रिय खेलकूद परिषद्सँग माग गर्ने निर्णय गरेको छ। क्षेत्रीय खेलकुद विकास समितिले गरेको छलफलमा बाँके, बर्दिया र दाङका सांसद सहित अरु  जनप्रतिनिधिकहरुले भौतिक पूर्वाधारका कामलाई तदारुखताका साथ अगाडि बढाउँदै प्रतियोगिता सुनिश्चित गर्न माग गरेका हुन्। छलफलमा सहभागीहरुले कुनैपनि बहानामा प्रतियोगिता पछाडि धकेल्न नहुनेमा जोड दिएका छन। यही मङ्सिर २१ गतेदेखि नेपालगन्जमा हुने भनिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले पछि सरेको छ।क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओलीले  कठिनाइका बाबजुद पनि प्रतियोगिता आयोजना गर्न कुनै कसर बाँकी नराख्ने गरी तयारी भैरहेको बताउनु भयो । राष्ट्रिय खेलकूद प्रतियोगिताकालागि नेपालगञ्ज रङ्गशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ।पूर्वाधार निर्माणअन्तर्गत नेपालगन्ज रङ्गशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम सम्पन्न भइसकेको छ। रङ्गशाला क्षेत्रमा झण्डै १८ करोडको लागतमा पौडी पोखरी र २४ करोडको लागतमा प्यारापिटसहितको अत्याधुनिक रङ्गशाला निर्माण भइरहेको छ।यस्तै पूर्वाधार निर्माण अन्तर्गत रङ्गशालामा सात करोडको लागतमा ट्र्याक एण्ड फिल निर्माणको काम पनि धमाधम भइरहेको छ भने रङ्गशाला क्षेत्रभित्रै भारोत्तोलन एकेडमी, सुटिङ रेञ्ज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका केही खेलहरु बाँकेको कोहलपुर, बर्दिया र दाङमा पनि हुनेछ।

Share.

About Author

Leave A Reply